काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग ‘सिपिएल’ अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् ।
गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् ।
गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए । पाँच हजार अमेरिकी डलरमा सो क्लबमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पाँच खेलमा सात विकेट लिन सफल भएका थिए ।
सन्दीप हाल पाकिस्तान सुपरलिगका लागि युएईमा छन् । सन्दीपले अहिलेसम्म नौ विदेशी लिग खेलिसकेका छन् । सन्दीप आबद्ध भएका विदेशी लिगमा आइपिएल ९भारत०, ग्लोबल टी–२० ‘क्यानडा’, सिपिएल ‘वेस्टइन्डिज’, एपिएल ‘अफगानिस्तान’, टी–१० ‘युएई’, बिबिएल ‘अस्ट्रेलिया’, बिपिएल ‘बङ्गलादेश’, हङकङ टी–२० ब्लिज, पिएसएल ‘पाकिस्तान’ छन् ।
गत वर्षबाट इण्डियन प्रिमियर लिगबाट टि–२० लिगमा ‘डेब्यू’ गरेको सन्दीपले यही एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग र अष्ट्रेलियाको बिगबास लिगमा आफ्नो उपस्थिति जनाएका मात्र छैनन्, विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानलाई ‘पभेलियन’ पनि फर्काएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया