काठमाडौं । अर्ना बियरले एसिया कप-२०२३ अन्तर्गत आज नेपाल र भारतबीच हुने खेलमा छक्का, चौका हान्ने र विकेट लिने खेलाडीलाई पुरस्कारको घोषणा गरेको छ । अर्ना बियरले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पुरस्कारको घोषणा गरेको हो ।
अर्ना बियरले नेपाल र भारतबीच हुने खेलमा प्रत्यक छक्का हान्ने र विकेट लिने खेलाडीलाई एक लाख, त्यस्तै प्रत्यक चौका प्राहार गर्ने खेलाडीलाई २५ हजार रुपैया दिने घोषणा गरेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ९सोमबार० एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ ।
श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया