काठमाडौं । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले अर्को सातादेखि साधारण शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले कूल १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार १ सय १० कित्ता ‘आईपिओ’ यहि फागुन २३ गते निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको १२ लाख ५० हजार कित्ता र आयोजना प्रभावित बासिन्दाका लागि यसअघि जारी गरेर अवितरित ५ लाख ६६ हजार १ सय १० कित्ता गरि कूल १८ लाख १६ हजार १ सय १० कित्ता ‘आईपिओ’ निष्काशन गर्ने तयारी गरेको छ ।
निष्काशन गर्न लागेको शेयरमध्ये दुई प्रतिशत बराबरको ३६ हजार ३ सय २२ कित्ता कर्मचारीहरु र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी १७ लाख ३९ हजार ७ सय ८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
इच्छुक लगानीकर्ताले आईपिओमा न्यूनतम ५० कित्तादेखि ८० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
हाइड्रोले गत असार २२ गते देखि आयोजना प्रभावित स्थानीको लागि निष्काशन गरेको १२ लाख ५० हजार कित्ता आईपिओमध्ये ५ लाख ६६ हजार १ सय १० कित्ता शेयर बिक्री भएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया