जनकनन्दिनी गाउँपालिका अध्यक्ष दिपिन यादवले भारतविरुद्ध शतक लगाउने खेलाडीलाई १ लाख दिने

लोकपथ
217
Shares
जनकपुरधाम। एसिया कप २०२३ मा आज हुन लागेको नेपाल-भारतबीचको खेलमा नेपाली क्रिक्रेटरलाई हौसला बढाउन तराई मधेशका जनप्रतिनीधिहरु पनि अगाडी आएका छन् ।

क्रिकेट म्याच हेर्नको लागि जनकपुरको विभिन्न स्थानमा ठुला पर्दा लगाईएको बेला सरकारी निकायहरुले समेत विदाको घोषणा गरेको छ । विदा मात्र नभई एक स्थानीय तहले पुरस्कार नै घोषणा गरेको हो ।

धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष यादवले नेपाली खेलाडीहरुलाई उत्साह बढाउनको लागि १ लाख रुपैयाँ पुरस्कार घोषणा गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै म्याचमा १०० रन बनाउने खेलाडीलाई १ लाख रुपैयाँ व्यक्तिगत तर्फबाट प्रदान गरिने बताएका छन् ।

No description available.

गाउँपालिका अध्यक्ष यादवले अर्ध शतक अर्थात ५० रन बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ दिइनेछ भने विकेट तर्फ ह्याट्रीक लिने बलरलाई पनि ५० हजार रुपैयाँ ईनामको घोषणा गरेका हुन् ।

नेपाल पहिलो पटक भारतको सिनियर खेलाडीसँग जुध्न लागेको भन्दै ऐतिहासिक क्षणमा देशका युवा खेलाडीहरुलाई उत्साहित पार्न स्थानीय सरकारको हैसियतले पुरस्कार घोषणा गरेको जानकारी दिए । उनले देश खेलिरहँदा गौरव महसुस भएको बताए । भारतमा नेपालको झण्डा फहराएको हेर्न चान्छु, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?