नबिल बैंक र नेप्सेबीच शेयरमूल्य समायोजन

काठमाडौं । नबिल बैंकले नेपाल स्टक एक्सचेञ्चसँग शेयर मूल्य समायोजन गरेको छ । 

बैंकको आज ‘मंगलवार’ नेप्सेमा शेयरमूल्य समायोजन भएको हो । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत बोनस पछि शेयरमूल्य समायोजन भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार १२ प्रतिशत बोनस समायोजन पश्चात बैंकको सर्वसाधारणतर्फको शेयरमूल्य ७ सय ८ रुपैयाँ ९३ पैसा र संस्थापकतर्फको शेयरमूल्य ६ सय ७० रुपैयाँ निर्धारण गरिएको छ । बैंकको औसत आधार मूल्य ११ सय २१ रुपैयाँ ९६ पैसा रहेको छ । 

बैंकले यहि फागुन २७ गते सञ्चालक समितिले प्रस्ताव गरिएको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्ने तयारी समेत गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?