काठमाडौं । कामना सेवा विकास बैंकले सर्लाहीमा नयाँ शाखा कार्यालय स्थापना गरि शुभारम्भ गरेको छ ।
बैंकले आफ्नो सेवा विस्तारको क्रममा सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं ११ ६७ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।
बैंकका सञ्चालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ समेत गरेका हुन् । साथै बैंकका प्रमुख अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि चाडै नै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।
हाल बैंकको देशभर ६६ वटा शाखा छन् भने २० वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया