काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरन्स कम्पनीले भारतीय ब्याट्सम्यानको विकेट लिने खेलाडीलाई प्रति विकेट ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध खेलिरहेको नेपाली टोलीलाई हौसला प्रदान गर्न कम्पनीले ५ लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत जानकारी गराउँदै प्रत्येक विकेटको ५ लाख दिने घोषणा गरेको हो ।
यस्तै, खेलाडीले भारतविरुद्ध छक्का प्रहार गरेमा १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
यसबाहेक, कम्पनीले भारतका बलरविरुद्ध नेपाली ब्याट्सम्यानले प्रहार गर्ने प्रत्येक चौकालाई ५० हजार दिने समेत जनाएको छ ।
श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध खेलिरहेको नेपाली टोलीलाई विभिन्न क्षेत्रले हौसला थपिरहेका छन् ।
एसिया कपको दोस्रो खेलमा नेपालले यतिबेला भारतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । यसअघि पाकिस्तानसँग नेपाल पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया