५८ रन जाेडेर आसिफ शेख आउट

लोकपथ
84
Shares

काठमाडौं । एसियन कप क्रिकेट– २०२३ अन्तर्गत हाल नेपाल र भारत भिडिरहेका छन् । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

आसिफ शेख पाँचौँ विकेटको रुपमा ५८ रनमा आउट भएका हुन् । चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल आउट भएका छन् । दुई रन जोडेर उनी रविन्द्र जडेजाको बलमा आउट भएका हुन् ।

यसअघि नेपालका लागि तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल आउट भएका छन् ।
कप्तान रोहितले ७ बलमा ५ रन जोड्दै आउट भएका हुन् । दोस्रो विकेटको रुपमा भिम सार्की आउट भएका हुन् । भिम सार्कीले १७ बलमा ७ रन जोडेर आउट भएका हुन् । ।

पहिलो विकेटको रुपमा कुशल मल्लले २३ बलमा ३८ रन बनाएर आउट भएका थिए ।

नेपालले भारतसँग पहिलो पटक यो  स्तरको खेल खेल्न लागेको  हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?