५५औं एसियन बडीबिल्डिङ च्याम्पियनसिप : नेपाललाई १ स्वर्ण,३ रजत र १ काँस्य

लोकपथ
28
Shares

काठमाडौं । काठमाडौंमा शुरु भएको ५५औं एसियन बडीविल्डिङ च्याम्पियनसिपको पहिलो दिन नेपालले एक स्वर्ण, ३ रजत र १ काँस्य पदक जितेको छ ।

सोमबारदेखि सुरु भएको च्याम्पियनसिपमा एसिया २५ देशका शारिरीक सुगठकहरुको सहभागिता रहेको छ । पहिलो दिनको साँझ ६ बजेसम्मको प्रतिष्पर्धामा नेपालले १ स्वर्ण,  ३ रजत र १ काँस्य जित्न सफल भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान मन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, नेपालले बडिविल्डीङको क्षेत्रमा महत्वपूर्ण सफलता हात पारेको भन्दै प्रशंसा गरेका छन् ।

उनले नेपाली बडीविल्डरहरुले अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको नाम रोसन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने ‘नेपाली एथलेट्सले अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेलका छन्, त्यसमा पनि नेपालको पर्यटन क्षेत्रमा यस्ता कोभिडपछि भएको यो प्रतियोगिताले ठूलो योगदान गर्नेछ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?