काठमाडौं । एसीया कप क्रिकेटमा भारतद्वारा नेपाल १० विकेटले पराजित भएको छ । श्रीलंकामा भएको खेलमा भारतले नट आउट १४५ रनको लक्ष्य पूरा गर्दै जित निकालेको हो ।
कप्तान रोहित शर्मा र शुभमान गिलको साझेदारीमा भारतले नेपालले दिएको लक्ष्य पूरा गरेको हो ।
नेपालले भारतलाई शुरुमा २३१ रनको लक्ष्य दिएको थियो । पानीका कारण खेल प्रभावित भएपछि भारतलाई १४५ रनको लक्ष्य दिइएको थियो भने २३ ओभरमा खेल झारिएको थियो ।
भारतले २०.१ ओभर खेल्दै उक्त लक्ष्य पूरा गरेको हो । भारतको जितमा शर्माले ७४ र गिलले ६७ रन जोडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया