पाकिस्तानको बालाकोटमा भारतले फेरी गर्यो आक्रमण, चारको मृत्यु

काठडमाडौं । भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा मंगलवार राति गरेको आक्रमणमा परि चार जनाको मृत्यु भएको छ । यो सँगै काश्मिरको सीमा क्षेत्रमा तनाव भएको छ । 

मंगलवार राति कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण गरेको हो । 

उक्त आक्रमणमा तीन महिला र एक बच्चासहित चार जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । । भारतीय वायुसेनको आक्रमण केही व्यक्त घाइते भएका छन् ।

गत फेब्रुअरी १४ मा भारत प्रशासित काश्मिरको पुलवामा केन्द्रीय रिजर्भ पुलिस बलको अड्डामा चरमपन्थी आक्रमण भएको थियो । सो आक्रमणमा परि भारतका ४० भन्दा बढी सैनिक मारिएका थिए । 
उक्त आक्रमणपछि दुई देशबीच तनाव चुलिएको हो । 

जवाफमा भारतले पाकिस्तानको बालाकोटमा सोमवारदेखि हवाई हमला गरेको छ ।

उता भारतले चरमपन्थी संगठन जैश ए मोहम्मदको अड्डामा आक्रमण गरेको दाबी गरेको छ भने  पाकिस्तानले जंगल क्षेत्रमा गरिएको आक्रमणबाट कुनै मानवीय र ै भौतिक  क्षति नभएको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?