काठमाडौं । ‘आईसीसी’ महिला विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले कुवेतलाई १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बैंककस्थित एशियन इन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि बिन्दु रावलले अविजित सर्वाधिक २८ रन जोडिन । ओपनर ब्याट्स विमेन काजल श्रेष्ठले १८ रन जोडिन । उनले १६ बलमा २ चौका प्रहार गरेकी थिइन । त्यस्तै उपकप्तान सिता रानामगर भने शुन्य रनमा पेभेलियनमा फकिन ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी इन्दु बर्माले ७ रन जोडिन । रोमा थापाले ७ रन तथा नेरी थापाले १७ रन बनाउँदै आउट भइन् । सरिता मगर पनि शुन्य रनमा आउट भइन । कप्तान रुबिना क्षेत्रीले २२ रन बनाइन् ।
कुवेतका लागि मार्यम ओमार र प्रियादा मुरलीले समान दुई-दुई लिइन ।
ग्लोबल छनोटमा स्थान बनाउन नेपालका लागि आजको खेल निक्कै महत्वपुर्ण छ । अंक तालिकाको शिर्ष स्थानमा थाइल्याण्ड रहेको छ । त्यस्तै संयुक्त अरब इमिरेट्स दोस्रो तथा नेपाल तेस्रो स्थानमा छ ।
आजको खेल नेपालले जितेर मात्र पुग्दैन् । नेपालले अन्य टिमको नतिजा समेत आफु अनुकुल आउनु पर्ने हुन्छ । थाइल्याण्डको ५ खेलबाट १० अंक छ । युएई र नेपालको भने समान ८—८ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया