इंग्लिस प्रिमियर लिग : लेस्टर सिटी र न्युक्यासल विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तगर्त लेस्टर सिटी विजयी भएको छ । 

मंगलवार राति सम्पन्न भएको २८ औँ चरणको खेलमा लेस्टर सिटीले ब्राइटटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । लेस्टर सिटीको जितमा खेलको १० औँ मिनेटमा ग्रे र ६३ औँ मिनेटमा भार्डिले समान एक-एक गोल गरेका थिए ।

यता ब्राइटटनका लागि भने खेलको ६६ औँ मिनेटमा प्रोप्पेरले एक मात्र गोल फर्काएका थिए । यो जितपछि लेस्टर सिटी ३५ अंकका साथ लिगको ११ औँ स्थानमा रहेको छ । 

त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले बर्नलेलाई २-० गोल अन्तरले पराजित ग-यो । इभर्टनले कार्डिफलाई ३-० गोल अन्तरले तथा हडर्सफिल्डले उल्भ्सलाई १-० गोल अन्तरले पराजित ग-यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?