काठमाडौं, ९ कात्तिक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सर्वोच्च अदालतको मतपत्र छपाइबारेको आदेशले चुनाव सर्नेसक्ने भनिएको बेला त्यही विषयमा केन्द्रीत रहेर धारणा तय गर्न ओली प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ दिउँसो ४ बजे काठमाडौको नयाँबानेश्वरस्थित अल्फाविटा हाउसमा हुने पत्रकार सम्मेलन समसामयिक राजनीति र चुनाव सम्बन्धमा केन्द्रीत रहेको एमाले नेता कृष्णगोपाल श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया