क्याप्टेन केसीको अन्तिम वाक्य, ‘म हेलिकप्टर उडाउन सक्दिन’

काठमाडौं । दुर्घटनाग्रस्त हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीले हिउँ परिरहेका कारण हेलिकप्टर उडाउन नसक्ने बताएका थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरमा ११ः४३ बजे आफूले पाथीभर क्षेत्रमा रहेको जानकारी गराएका थिए । 

त्यसको करिब १ घण्टामा क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा अत्याधिक हिउँ परिरहेको र उडानमा निकै कठिनाइ हुने बताएका थिए । 

प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धुत गर्दै भने, ‘यता मौसम खराब छ । हिउँ परिरहेको छ । म हेलिकप्टर उडान सक्दिन ।’ उनको यही वाक्य अन्तिम वाक्य हुन पुग्यो । 
बुधवार संस्कृतिक, पर्यटन तथा नागरिक अड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको थियो । 

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ६ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरुमा हेलिकप्टर क्याप्टेन प्रभाकर केसी, पर्यटन मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख  ध्रुवदाश बजिमय, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र प्रधानमन्त्री कार्यालयमा कार्यरत अर्जुनकुमार घिमिरे छन् । 

हेलिकप्टरमा आगो लाग्दै खसेको स्थानीय विद्यालयका विद्यार्थीहरुले देखेका थिए । स्थानिय शिक्षकले करिब १ः३० बजे प्रहरीलाई खबर गरेकामा सिडियोसहित प्रहरीको टोली ३ः१५ बजे घटनास्थल पुगेको थियो । 

यसैबीच प्रधानमन्त्री निवास बालुटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको आकस्मित बैठक बोलाएको थियो । 

कल साइन एएमआई (अल्फा माइक इन्डिना) कल साइन भएको उक्त हेलिकप्ट काठमाडौंबाट बुधवार बिहान ८ः३० बजे उडेको थियो । 

सम्बन्धीत समाचार:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?