बैंकिङ प्रणालीमा एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक

लोकपथ
70
Shares

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंक तथा फाईनान्स कम्पनीहरुमा एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नको लागि प्रस्ताव आव्हान गरेको छ ।

राष्ट्र बैंकले बिहिबार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुद्धती निक्षेपकोरुपमा २०८० असोज दुई गतेदेखि २०८१ असोज तीन गतेसम्मको लागि लगानी गर्न प्रस्ताव आव्हान गरेको हो ।

राष्ट्र बैंकका अनुसार प्रस्ताव आव्हान गरिएको कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब ४२ करोड ४० लाख, बिकास बैंकहरुको लागि २६ करोड ७० लाख र फाईनान्स कम्पनीहरुको लागि आठ करोड ९० लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुक बैंक तथा फाईनान्स कम्पनीहरुले यही भदौ २४ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर प्रस्ताव पेस गर्नुपर्ने राष्ट्र बैंकको भनाई छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने लगायतका न्युनतम शर्तहरु तोकिएको र ति शर्तहरु पुरा गरेका बैंक तथा फाईनान्स कम्पनीहरुले मात्र रकम लगानीको लागि प्रस्ताव पेस गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?