काठमाडौं । नेपाल महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा थाईल्यान्डसँग पराजित भएको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपाल ४६ रनले पराजित भएको हो ।
पराजित भएसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन असमर्थ भएको छ । थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो ।
नेपालका लागि कविता कुवँरले अविजित १७ रन बनाईन् । कविता जोशी र अप्सरी बेगमले समान १०र१० रन बनाइन् ।
अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
थाईल्यान्डका लागि ओन्निचा कामचोम्फु र थिप्चा पुत्थावोंगले समान ३-३ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।
थाईल्यान्डका लागि नान्नापत खोन्चरोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाईन् । नेपालका लागि कविता कुवँर र पूजा महतोले समान १-१ विकेट लिएका थिए ।
यस खेलमा विजेता भएसँगै थाईल्यान्डले टी-ट्वान्टी महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाउने छ ।सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया