ज्योती क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । ज्योती क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा कम्पनीले बिहिबार ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १० दशमलव ५२ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित दुई करोड २१ लाख पाँच हजार दुई सय ३० रुपैंयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले ज्योतिविकास बैंक वाहेकका संस्थापक समूहको शेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनास उप्रेतीलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

ज्योती विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । कारोवार संचालनको अनुमति पाएको तीन महिना भन्दा कम समयमा नै यस क्यापिटलले ६३ लाख ५९ हजार रुपैंयाँ बराबरको आयकर तथा तीन लाख ७२ हजार रुपैंयाँ बराबर अन्य कर गरी जम्मा ६७ लाख ३१ हजार रुपैंयाँ कर मार्फत राज्यको समृद्धिमा योगदान पु¥याएको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?