एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता: मोबाइल फोन हातमा’ अफर

लोकपथ
49
Shares

काठमाडौं । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले कनेक्ट आइपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकका लागि ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता: मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहक महानुभावले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आइपीएस मार्फत फोन पे गर्दा १ थान स्मार्टफोन जित्न सकिनेछ ।

भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहक महानुभावलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एन आई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

फन्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा  एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेकोफन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS  छनौट गर्नुपर्छ । यसरी Fund Transfer ubf- connectIPS मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ । हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ्ग ग्राहक महानुभावहरुले  मोबाइल बैकिङ्ग एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आइपीएस मार्फत प्रति दिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?