काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेप्टेम्बर १० मा भारत र पाकिस्तानबीच हुने एसिया कपको सुपर–४ खेलको नियम परिवर्तन गरेको छ । यदि वर्षाले भारत र पाकिस्तानबीचको खेल अवरुद्ध भयो भने, खेल रिजर्भ डेमा पूरा हुनेछ।
यसअघि एसिया कपमा सबै नियममा रिजर्भ डे थिएन । एसीसीले सेप्टेम्बर ८ मा दुई टोलीबीच हुने खेलका लागि यो नियम थपेको हो ।
भारत र पाकिस्तानबीचको दोस्रो खेल आइतबार हुनेछ । दुई टोलीबीच समूह चरणको सेप्टेम्बर २ मा खेलिएको थियो तर वर्षाका कारण रद्द भएको थियो ।
सुपर–४ मा भारत–पाकिस्तान खेल एक मात्र खेल हो जसका लागि रिजर्भ डे राखिएको छ । यो सुविधा अन्य कुनै पनि सुपर(४ खेलका लागि उपलब्ध हुने छैन। यसबाहेक सेप्टेम्बर १७ मा हुने फाइनलका लागि रिजर्भ डे छ ।
भारत र पाकिस्तानबीचको दोस्रो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा खेलिनेछ। कोलम्बोमा पछिल्ला केही दिनदेखि लगातार वर्षा भइरहेको छ ।
कस्ताे छ मौसम पूर्वानुमान ?
खेलको दिन वर्षा हुने सम्भावना ९० प्रतिशत छ । राति मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
खेल रद्द भयो भने के हुन्छ ?
तोकिएको दिन पनि पानी परेको खण्डमा रिजर्भ डेमा जानेछ । तर यदि रिजर्भ डेमा पनि पानि परेर नतिजा नआएमा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया