काठमाडौँ – संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि फाराम भरेकामध्ये अब करिब १६ हजार निजामती कर्मचारीलाई मात्र समायोजन गर्न बाँकी छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख सहसचिव केदार पनेरुका अनुसार मंगलबारसम्म तीनवटै तहमा गरी ४५ हजार २ सय ७१ जना कर्मचारीको समायोजन सकिएको छ ।
संघमा ३१ हजार ६ सय ३५, प्रदेशमा ६ हजार १ सय ६४ र स्थानीय तहमा ७ हजार २ सय ५७ जना निजामती कर्मचारीको समायोजन भएको उनले जानकारी दिए । अहिलेसम्म फाजिलमा २ सय १५ जना कर्मचारीलाई समायोजन गरिएको छ । तिनमा सहायक कम्प्युटर अपरेटर, अपरेटर र विविध सेवाका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया