काठमाडौं उपत्यका वरिपरि हिमपात (फोटोफिचर)

काठमाडौं । लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ ।

जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि, चम्पादेवी, फुलचोकी, लेले, चापागाँउ, गोदावरी, लुभु, लामाटार भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

हिजो बुधबारबाट नै काठमाडौँ उपत्यका लगायतका धेरै स्थानमा असिना पानीसँगै हिउँ परेको थियो । पछिल्लो केसी समयदेखि दोहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ। 

शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बिहिबार काठमाडौँको न्यूनतम ८ र अधिकतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ । 

शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?