मेलिसा शनिवार हङकङ जाने

काठमाडौं । १० औँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा सहभागी हुन मेलिसा खड्गी हङकङ जाने भएकी छन् । टप माउन्टेन तेक्वान्दो फेडेरेसन, हङकङको निमन्त्रणामा मेलिसा हङकङ जान लागेकी हुन् ।

आगामी मार्च ३ र ४ तारिखमा हुने प्रतियोगितामा मेलिसाले महिला एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । मेलिसा उक्त प्रतियोगिताको सातौं र नवौं संस्करणकी स्वर्ण पदक विजेता हुन् । त्यति बेला मेलिसाले ग्योरोगीको ४५ केजीमुनि तौल समूहमा स्वर्ण पदक  जितेकी थिइन् ।

प्रशिक्षकमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक प्रशिक्षक मनोज खड्गी छन् ।

शनिवार जाने टोलीलाई सफलताको शुभकामना दिदैं राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधवार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?