इंग्लिस प्रिमियर लिग : लिभरपुलको सहज जीत, म्यान्चेस्टर सिटी र चेल्सी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत उपाधि होडमा रहेको लिभरपुलले सहज जित निकालेको छ । 

बुधवारराति सम्पन्न भएको २८ औँ चरणको खेलमा लिभरपुलले वाट्फोर्डलाई ५-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो मानेले खेलको नवौं र २० औँ मिनेटमा दुई गोल गरेका थिए ।

त्यस्तै ७९ औँ र ८२ औँ मिनेटमा भिर्गिक भान डिज्कले पनि दुई गोल गरे । बाँकी एक गोल भने खेलको ६६ औँ मिनेटमा डिभोक ओरिगीले गरेका थिए । जितपछि लिभरपुलले २८ खेलबाट ६९ अंक बनाएको छ ।

त्यस्तै बुधवार राति नै भएको अर्को खेलमा लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले वेस्टह्यामलाई १-० गोल अन्तरले पराजित ग-यो । सिटीको जितमा खेलको ५९ औँ मिनेटमा सर्जियो अग्युरोले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । जितपछि सिटीले ६८ अंक बनाएको छ । 

बुधवार राति नै भएका अन्य खेलहरुमा म्यान्चेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले, चेल्सीले टोट्नह्यामलाई २-० गोल अन्तरले, आर्सनलले बर्नेमाउथलाई ५-१ गोल अन्तरले तथा साउथह्याम्पटनले फुलह्यामलाई २-० गोल अन्तरले पराजित ग-यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?