काठमाडौं । दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज ‘बिहीवार’ नेपाल आउँदै छन् ।
अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको जानकारी दिए ।
झिन्हुआसँग चीन र नेपालबीच फुटबलको क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा छलफल हुने महासचिव तुलाधरले जानकारी दिए ।
दुई दिने नेपाल भ्रमणमा रहेको बेला चिनियाँ खेलकुद मन्त्रालयका सहमन्त्रीसमेत रहेका झिन्हुआले फुटबलका क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा एन्फासँग औपचारिक सम्झौता समेत गर्ने कार्यक्रम समेत रहेको छ ।
महासचिव तुलाधरले भने, ‘दुई देशबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन तथा फुटबलको पूर्वाधार निर्माणमा प्राप्त गर्न सकिने सहयोगमा विषयमा छलफल हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया