एजेन्सी । वेष्ट इण्डिजविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड विजयी भएको छ ।
सेन्ट जर्जमा बुधवार राति भएको घरेलु टिम वेष्ट इण्डिजविरुद्धको चौथो खेलमा इग्ल्याण्ड २९ रनले विजयी भएको हो । ४ सय १९ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको वेष्ट इण्डिजको पारी ४८ ओभरमा मात्र ३ सय ८९ रनमा समेटिएको थियो ।
वेष्ट इण्डिजका लागि क्रिस गेलले शतकीय पारी खेले । उनले ९७ बलमा ११ चौका र १४ छक्कासहित १ सय ६२ जोडे । ड्यारेन ब्राभोले ६१ तथा कार्लोस ब्रेथवेटले ५० रन बनाए । वेष्ट इण्डिजको पारी ध्वस्त पार्ने क्रममा इंग्ल्यान्डका आदील राशिद एक्लैले ५ तथा मार्क वुडले ४ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय १८ रनको योगफल तयार पारेको थियो ।
इंग्ल्यान्डका लागि जोस बट्लर र कप्तान इयान मोर्गनले शतकीय पारी खेले । बट्लरले १ सय ५० तथा मोर्गनले १ सय ३ रन बनाए । एलेक्स हलेसले ८२ तथा जोनाथन मार्कले ५६ रन जोडे । जितपछि पाँच खेलको सिरिजमा इंग्ल्याण्डले २-१ को अग्रता लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया