काठमाडौं । पाँचथर पावर कम्पनीमा २१ करोड १० लाख रुपैयाँ बराबरको आवेदन परेको छ।
पावर कम्पनीले निष्काशन गरेको ‘आईपिओ’मा बुधवारसम्म २१ करोड १० लाख रुपैयाँ बराबरको आवेदन परेको जनाएको छ । कम्पनीको आईपिओमा आवेदन गर्ने आज ‘बिहीवार’ अन्तिम दिन भएपनि सरकारले सार्वजनिक विदा दिएका कारण भोली ‘शुक्रवार’सम्म आईपिओ खुल्ला हुनेछ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आईपिओमा १ दशमलब ३९० गुणा बढी आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ प्रतिकित्ता दरले १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।
निष्काशित आईपिओ मध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७ सय ३३ कित्ता शेयरका लागि सर्वसाधारणहरूले आवेदन गर्न सक्नेछन ।पाँचथर पावरले फागुन १३ गते देखि आइपिओ खुल्ला गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया