सेयर धितो कर्जामा बैंकहरुको आर्कषण घट्दै, पछिल्लो एक बर्षमा ७६ अर्ब ५३ करोड रुपैंयाँ मात्र कर्जा प्रवाह

लोकपथ
63
Shares

काठमाडौं । सेयर बजार परिसुचक निरन्तर ओरालो लाग्दै गएपछि बैंक तथा फाईनान्स कम्पनीहरुले पछिल्ला बर्षहरुमा सेयर धितो कर्जा घटाएका छ । सेयर बजार ओरालो लागकै कारण लगानी असुरक्षित हुने देखिएपछि बैंक तथा फाईनान्स कम्पनीहरुले सेयर धितो शिर्षकमा कर्जा घटाएका हुन ।

राष्ट्र बैंकका अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले आर्थिक बर्ष २०७९/०८० मा सेयर धितो शिर्षकमा ७६ अर्ब ५३ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा तीन अर्ब ९७ करोड ३० लाख रुपैंयाँले कम हो । आव २०७८/०७९ मा बैंक तथा फाईनान्स कम्पनीहरुले सेयर धितो शिर्षकमा मात्र ८० अर्ब ५० करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए ।

बाँणिज्य बैंकहरुले मात्र भने आव २०७९/०८० मा सेयर धितो शिर्षकमा ५८ अर्ब ६७ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा छ अर्ब १४ करोड रुपैयाँले कम भएको राष्ट्र बैंकको भनाई छ । अघिल्लो आवको बाँणिज्य बैंकहरुले सेयर धितो शिर्षकमा ६४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । बिकास बैंकहरुले भने आव २०७९/०८० मा सेयर धितो शिर्षकमा १४ अर्ब १६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा दुई अर्ब ३९ करोड २० लाख रुपैंयाँले बढी हो । अघिल्लो आवमा बिकास बैंकहरुको यस्तो कर्जा ११ अर्ब ७७ करोड ३० लाख रुपैंयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले भने आव २०७९/०८० मा सेयर धितो शिर्षकमा तीन अर्ब ६९ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा २२ करोड ४० लाख रुपैंयाँले कम हो । अघिल्लो आवमा फाईनान्स कम्पनीहरुको यस्तो कर्जा रकम तीन अर्ब ९१ करोड ५० लाख रुपैंयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?