चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ नेपालमा

काठमाडौं । चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ बिहीवार नेपाल आएका छन् । 

उनी दुईदिने औपचारिक भ्रमणका नेपाल आएका हुन् । चाइ झिन्हुआ बिहीवार दिउँसो १ बजे काठमाडौं आएका हुन् ।

उनलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र अखिल नेपाल फुटबल संघ ‘एन्फा’का अध्यक्ष कर्मा छिरिङ शेर्पाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 
 
झिन्हुआले चीन र नेपालबीच फुटबलको क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा छलफल गर्नेछन् । 

दुई दिने नेपाल भ्रमणमा रहेको बेला चिनियाँ खेलकुद मन्त्रालयका सहमन्त्रीसमेत रहेका झिन्हुआले फुटबलका क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा एन्फासँग औपचारिक सम्झौता समेत गर्ने कार्यक्रम समेत रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?