भारत भर्सेस पाकिस्तान : कस्तो हुनेछ आज कोलम्बोको मौसम ?

लोकपथ
378
Shares

काठमाडौं । एसिया कपको सुपर फोर चरणको खेल आज भारत र पाकिस्तानबीच कोलम्बोको आर प्रेमदासा रंगशालामा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ १५ बजे सुरु हुनेछ ।

तर, यो खेलमा वर्षाको खतरा कायमै रहेको छ । पछिल्लो पटक समूह चरणमा भएको भारत र पाकिस्तानबीच खेल वर्षाका कारण रद्द भएको थियो । उक्त खेलमा भारतले ब्याटिङ गरेपनि पाकिस्तानको इनिङ्स सुरु हुन सकेको थिएन ।

आजको खेलमा पनि वर्षा बाधक बन्न सक्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । कोलम्बोमा आज भारी वर्षाको सम्भावना छ। आज खेल नभएमा भोलि सोमबार पनि यसका लागि रिजर्भ डे राखिएको छ । आइतबारको खेल हुननसके भए भोलि खेल सुरु हुनेछ ।

कोलम्बोको मौसम कस्तो छ ?

कोलम्बोको मौसम पूर्वानुमान महासाखाका अनुसार आइतबार दिउँसो २ बजे १५मा त्यहाँ ४९ प्रतिशत पानी पर्ने सम्भावना छ। त्यस्तै नेपाली समय अनुसार दिउँसो ३ १५ बजे पानी पर्ने सम्भावना ६६ प्रतिशत पुग्ने छ । खेल पनि सोही समयमा सुरु हुनेछ।

भारत र पाकिस्तानबीचको अघिल्लो खेल जस्तै यो खेल पनि वर्षाले प्रभावित हुने सम्भावना छ । शनिबार यहाँ श्रीलंका र बंगलादेशबीचको खेल पनि खेलिएको थियो ।

खेलको नतिजा प्राप्त गर्न २० ओभरको खेल आवश्यक छ। अम्पायरले आज नै खेलको नतिजा निकाल्ने प्रयास गर्नेछन् । यदि दुवै इनिङ्समा २० ओभर खेलियो भने खेलको नतिजा पनि डकवर्थ लुइस नियममा आधारित हुन सक्छ। यदि पहिलो इनिङ्समा पूरा ओभर बलिङ गरे र दोस्रो इनिङ्समा पानी परेमा भोलि रिजर्भ डेमा दोस्रो इनिङ्स खेलिनेछ। वर्षाका कारण भोलि पनि खेल नभए खेल अनिर्णित रहनेछ । भोलि २० ओभरको खेल भए पनि नतिजा आउँछ । यस खेलमा डकवर्थ लुइस नियम पनि प्रयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?