काठमाडौं । बागमती प्रदेश क्रिकेट संघले अध्यक्ष पारस खड्का सहित तीन जनालाई केन्द्रिय निर्वाचनका लागि प्रादेशिक प्रतिनिधि पठाउने निर्णय गरेको छ ।
बागमती प्रदेश क्रिकेट संघको भाद्र २३ गते बसेको बोर्ड बैठकले काठमाडौंका पारस खड्का, ललितपुरका शेखर श्रेष्ठ र मकवानपुरका प्रेमबहादुर क्षेत्रीलाई प्रादेशिक प्रतिनिधिको रुपमा केन्द्रिय निर्वाचनमा पठाउने निर्णय गरेको हो ।
क्यान विधान अनुसार केन्द्रिय निर्वाचनमा प्रदेश अन्तर्गतका सदस्य जिल्लाको आधा संख्याको प्रतिनिधि छनोट गरेर पठाउन सकिने व्यवस्था छ । बागमतीमा रहेका ६ जिल्लाबाट तीन जना प्रतिनिधि छनोट भएका हुन् ।
क्यानको केन्द्रिय निर्वाचन आगामी असोज ५ र ६ गते हुँदैछ । पारसलाई आसन्न निर्वाचनमा नेतृत्वको दाबेदार मानिएको छ । त्यसैको तयारी अनुसार ।पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भैसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया