जैन दीपिका ग्यारेटले जितिन् मिस युनिभर्स नेपाल २०२३ को उपाधि

लोकपथ
133
Shares

काठमाडौं । युनिभर्स नेपाल–२०२३ को उपाधि जैन दीपिका ग्यारेटले जितेकी छिन् । २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै ग्यारेटले आईतबार उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि हात पारेकी हुन्।

त्यस्तै, फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा, तेस्रो रनरअप सितास्मा पोख्रेल र चौथो रनरअपको उपाधि अभिलासा लम्सालले जितेको आयोजकले जनाएको छ ।

विजयी प्रतिश्पर्धिलाई २०२२ का मिस युनिभर्स नेपालका विजेता सोफिया भुजेलले ताज पहिराईन् । प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफि रहेको थियो । रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगिता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दीनि एल थापा, सौरभ ज्योतिले एसियन पेन्स मिस युनिभर्स नेपाल २०२३मा निर्णायकको भूमिका निभाएका थिए ।

प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । उपाधि विजेताले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?