काठमाडौं । बिहीवार दिउँसो तीन बजे हुने भनिएको श्रद्धाञ्जली सभा भोलिसम्मका लागि स्थगित भएको छ ।
बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको पोस्टमार्टमा अझै समय लाग्ने भएपछि टुँडिखेलमा आजको लागि तय भएको श्रद्धाञ्जलीसभाा भोलि शुक्रवारसम्मको लागि स्थगित भएको हो ।
श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।
पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, सफल पर्यटन उद्यमी तथा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, हेलिकोप्टर पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षागार्ड नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो ।
ताप्लेजुङबाट मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीवार दिउँसो काठमाडौं ल्याइएको थियो । सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो ।
तर, पोस्टमार्टम जारी भएका कारण श्रद्धाञ्जलीसभा भोलि ८ बजेका लागि सारिएको छ । पोस्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार सातै जनाको पोस्टमार्टम सकिने अझै ४ र ५ घन्टा लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया