मोरक्को भूकम्प : मृतक संख्या २ हजार नाघ्यो, १५ सय बढीको अवस्था गम्भीर

लोकपथ
49
Shares
People walk past destroyed houses after an earthquake in the mountain village of Tafeghaghte, southwest of the city of Marrakesh, on September 9, 2023. Morocco’s deadliest earthquake in decades has killed more than 2,000 people, authorities said on September 9, as troops and emergency services scrambled to reach remote mountain villages where casualties are still feared trapped. (Photo by FADEL SENNA / AFP) (Photo by FADEL SENNA/AFP via Getty Images)

काठमाडौं । मोरक्कोमा गएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या २ हजार १२२ पुगेको छ । मोरक्कोको अल हाउस प्रान्तमा सबैभन्दा बढी १,२९३ जनाको मृत्यु भएको छ।

भूकम्पमा परी २ हजार ५९ जना घाइते भएका छन् । जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

भूकम्पले ऐतिहासिक सहर माराकेश र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । उद्धार कार्य जारी रहेकाे छ ।

मोरक्को सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । यसैबीच विश्व स्वास्थ्य संगठनले भूकम्पबाट तीन लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?