काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का टी–ट्वान्टी क्रिकेटको वरीयतामा दुई स्थानमाथि उक्लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’ले सार्वजनिक गरेको नयाँ वरियतामा उनी अलराउण्डरतर्फ दुई स्थानमाथि उक्लिएका हुन् । खड्का ४० औँ स्थानमाबाट ३८ औँ स्थानमा उक्लिन सफल भएका हुन् ।
उनले भारतका रोहित शर्मा, इंग्ल्यान्डका जोइ रुट, मोइन अली, बेन स्टोक्सलाई पछि पारेका थिए । त्यस्तै उनी ब्याटिङतर्फ भने ९२ औँ स्थानमा छन् । अलराउण्डतर्फ नै नेपालका सोमपाल कामी भने एक स्थान सुधार गर्दै ५० औँ स्थानमा छ ।
बलिङतर्फ सोमपाल ७० औा स्थानमा तथा बसन्त रेग्मी ७१ औँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया