एजेन्सी । स्पेनि क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसमाथि दुई खेलको प्रतिबन्ध लागेको छ ।
उनलाई युरोपियन फुटबलको सर्वोच्च निकाय ‘युईएफए’ले दुई खेलको प्रतिबन्ध लगाएको हो । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आयाक्सविरुद्धको भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा उनले जानी जानी फल गरेको भन्दै उनलाई ‘युइएफए’ले प्रतिबन्ध लगाएको हो ।
त्यो खेलमा म्याड्रिड २-१ गोल अन्तरले विजयी भएको थियो । उनले खेलको ८९ औँ मिनेटमा आयाक्सका क्यास्पर डोल्बर्गलाई फल गरेपछि रेफ्रिले यल्लो कार्ड दिएका थिए ।
प्रतिबन्धसँगै रामोसले अब दोस्रो लेगको खेलमा गुमाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया