एजेन्सी । इजरेलका प्रधानमन्त्री बेन्जामिन नेता न्याहुविरुद्ध तीनवटा मुद्दा दायर गरिने भएको छ ।
घुस, धोकाधडी तथा राष्ट्रघातको आरोपमा नेता न्याहुविरुद्ध तीनपटा मुद्दा दायर गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्रीले २ लाख ६४ हजार डलरको उपहार लिनुका साथै एक व्यापारीलाई अमेरिकाको भिषा लिन मद्दत गरेको तथा एक व्यापारी मिल्कनलाई ट्याक्स छलीमा समेत सघाएको आरोप लगाइएको छ ।
यद्यपि, प्रधानमन्त्री नेतान्याहुले भने आफुमाथि लगाइएका आरोप निराधार रहेको दाबी गरेका छन् ।
आगामी अप्रिलमा हुने निर्वाचनलाई प्रभावित पार्न आफूविरुद्ध षडयन्त्र भएको उनले बताए ।
मुद्दाको सुनुवाई भने निर्वाचनपछि मात्रै हुने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया