काठमाडौं, ९ कात्तिक -एमाले र माओवादी गठबन्धनले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन कुनै पनि बहानमा सारिए आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् बिहीबार संयुक्त पक्रकार सम्मलेन गर्दै गठबन्धनले यस्तो चेतावनी दिएको हो पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता पम्फा भुषालले आगामी मंसिर १० र २१ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे भ्रम र अन्यौल सिर्जना भएको भन्दै यदि कुनै बहानामा निर्वाचन सारिए बाम गठबन्धनलाई मान्य नहुने बताइन् । उनलेप्रतिनिधि र प्रदेश सभाका मतपत्रका बारेमा अदालत लगायतको बहानामा निर्वाचन सार्ने प्रयास भएको भन्दै त्यसका लागि सम्पुर्ण नेपाली जनतालाई सचेत रहन आग्रह गरिन् सो अवसरमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अदलतले मतपत्रबारे अबस्ययक भन्दा बढी ब्याख्या गरेको भन्दै निर्वाचन कुनै पनि हालतमा रोकिन नहुने र रोकिए गठबन्धनलाई मान्य नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया