काठमाडौं । कालिका पावर कम्पनीले साधारण सभाको लागि डाकेको छ ।
गत भदौमा सर्वसाधारणमा साधारण शेयर जारी गरेको उक्त कम्पनीले आगामी चैत ८ गते ११ औँ वार्षिक साधारण सभाको लागि बोलाएको हो ।
साधारण सभामा कम्पनीले सर्वसाधारण २ जना तथा एक जना संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने, आर्थिक वर्ष २०७४’०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत गर्ने, र वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया