काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक महानुभाव तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मिति २०८०।०५।२५ का दिन हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटल को तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक महानुभाव, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया