हट्यो एसईई

लोकपथ
1.3k
Shares

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउने तयारी गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षा नगर्ने विधेयक संसदमा दर्ता गराएको छ ।

जसअनुसार कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले र कक्षा १२ सम्मको राष्ट्रिय परीक्षा बोर्डले हेर्नेछ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले लोकपथलाई दिएको जानकारी अनुसार अब एईईको सट्टा कक्षा १० को परीक्षा स्कुलले नै लिनेछ । उनका अनुसार कक्षा ७ सम्मको परीक्षा स्कुलले हेर्नेछ, कक्षा ८ को परीक्षा स्थानीय तह र कक्षा ९ र १० को परीक्षा स्कुलले नै लिनेछ । भने कक्षा ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिनेछ ।

उनका अनुसार मन्त्रालयले संसद सचिवालयमा पेश गरेको विधेयक पास भएमा एसईई परीक्षा खारेज हुनेछ ।

‘कक्षा ८ को परीक्षा स्थानीय तहले लिनेछ, ९ र १० को परीक्षा स्कुलले नै लिनेछ भने कक्षा ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिनेछ ।’ उनले भने, ‘उक्त विधेयक पास भएमा एसईई हट्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?