मुक्तिनाथ विकास बैंकले घटायो कर्जाको ब्याजदर

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणको ब्याजदर घटाएको छ । 

उक्त बैंकले गत माघ महिनादेखि आधुनिक बैंकिङ्गबाट प्रदान गर्दै आइरहेको कर्जाहरुमा ऋणको ब्याजदर घटाएको हो । त्यस्तै फागुनदेखि साना तथा लघुवित्तबाट दिदै आइरहेको कर्जामा पनि ब्याजदर घटाएको हो । 

सूचना अधिकारी लित बहादुर गुरुङका अनुसार बैंकले सबै प्रकारका कर्जामा ० दशमलब ५ विन्दुले प्रतिशत सम्म ब्याजदर घटाएको जानकारी दिए । 

मुक्तिनाथ विकाश बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आइरहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?