लक्ष्मी भ्यालु फण्ड–२ को इकाईहरु नेप्सेमा सुचीकृत

लोकपथ
0
Shares

काठमाडौं । लक्ष्मी भ्यालु फण्ड–२ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार देखि सूचीकृत भएको छ । फण्डको ८ करोड इकाईहरु नेप्सेमा सूचीकृत भएको हो ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिइकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो । नेप्सेमा एलभिएफ ११ नामबाट फण्डको इकाईहरु आउदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

कोष प्रबद्र्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यो फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?