काठमाडौं । एसिया कपको सुपर-४ राउण्डमा आज बिहीबार पाकिस्तान र श्रीलंका आमनेसामने हुँदैछन् । यी दुई टोलीबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ ।
एसिया कपको फाइनलमा पुग्न पाकिस्तान र श्रीलंकाका लागि यो खेल निकै महत्वपूर्ण छ । रोहित शर्माको कप्तानीमा भारतीय टोली यसअघि नै उपाधि जितेको थियो ।
भारत सुपर-४ को अंक तालिकामा पहिलो स्थानमा छ । भारतको एक खेलमा दुई अंक छ । भारतको नेट रन रेट +४.५६० रहेको छ। श्रीलंकाको टोली दोस्रो स्थानमा छ । श्रीलंकाको दुई खेलमा २ अंक रहेको छ । श्रीलंकाको नेट रन रेट +०.२०० छ। पाकिस्तान तेस्रो स्थानमा छ । पाकिस्तानको दुई खेलमा एक अंक छ । नेट रन रेटमा पाकिस्तान श्रीलंकाभन्दा धेरै पछाडि छ । पाकिस्तानको नेट रन रेट -१.८९२ छ।
के छ पाकिस्तान र श्रीलंकाको समीकरण ?
पाकिस्तान र श्रीलंकाबीचको खेल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ । यो खेल जित्ने टोलीले फाइनलमा पुग्ने छ र फाइनल पुगिसकेको भारतसँग उपाधीका लागि भिड्ने छ ।
श्रीलंका र पाकिस्तानको खेलमा छैन रिजर्भ डे
श्रीलंका र पाकिस्तानको खेलको लागि कुनै रिजर्भ डे राखिएको छैन। एसिया कपमा फाइनल र भारत–पाकिस्तान सुपर–४ खेलका लागि मात्रै रिजर्भ डे राखिएको थियो । रिजर्भ डेमा नै भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।
वर्षाका कारण खेल रद्द भयो भने के हुन्छ ?
एसिया कपका केही खेल वर्षाले प्रभावित भइसकेका छन् । कोलम्बोमा बिहीबार पानी पर्ने सम्भावना रहेको छ । यदि खेल पूरा हुन नसके र रद्द गर्नुपर्यो भने श्रीलंकालाई फाइदा हुनेछ। दुवै टोलीको खातामा एक–एक अंक थपिने छ । यस्तो अवस्थामा दुवैको तीन खेलमा तीन–तीन अंक हुनेछ । राम्रो नेट रन रेटका आधारमा श्रीलंका फाइनलमा पुग्ने छ ।
पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा श्रीलंकासँगको खेलका लागि आफ्नो प्लेईङ-११ घोषणा गरेको छ । श्रीलंकाविरुद्धको खेलका लागि पाकिस्तानले प्लेइङ-११ मा पाँच परिवर्तन गरेको छ । पाकिस्तानले ओपनर फखार जमान, हरिस रउफ, नसिम शाह, फहिम अशरर्फ र अघा सलमानलाई बेन्चमा राखेको छ । मोहम्मद हरिस, साउद सकिल, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर र जमान खानलाई श्रीलंकाविरुद्ध प्लेइङ-११ मा मौका दिएको छ ।
पाकिस्तानकाे प्लेइङ-११ :
मोहम्मद हरिस, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, मोहम्मद वासिम जुनियर र जमान खान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया