लुम्बिनीका प्रदेशका ३ जिल्लामा आइतबार बिदा

लोकपथ
637
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले वडका अत्तवारीको अवसरमा ३ वटा जिल्लामा आइतबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०७९ चैत १७ को निर्णयअनुसार आफ्नो प्रदेश क्षेत्रका दाङ, बाँके र बर्दिया गरी ३ वटा जिल्लामा उक्त पर्वको अवसरमा बिदा दिइने लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

प्रदेशको गृह मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा ‘भदौ ३१ गते आइतबार दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको जनाएको छ ।

मन्त्रालयका अधिकृत माधव शर्माले जारी विज्ञप्तिमा उक्त दिन बिदा रहेको सबैलाई जानकारी गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?