कोलम्बोमा वर्षा : पाकिस्तान र श्रीलंकाबीचको खेल अझै सुरु हुन सकेन

लोकपथ
231
Shares

काठमाडौं । एसिया कपको सुपर-४ राउण्डमा हुन लागेको पाकिस्तान र श्रीलंकाबीचको खेल सुरु हुन सकेको छैन ।

आज दिउँसो ३ः१५ मा सुरु हुनेकार्य तालिका रहेको खेल वर्षा बाधक बनेपछि सुरु हुन नसकेको हो । हाल कोलम्बोको आर प्रेमदासा स्टेडियममा भारी वर्षा भइरहेको छ । एसिया कपको फाइनलमा पुग्न पाकिस्तान र श्रीलंकाका लागि यो खेल निकै महत्वपूर्ण छ । तर बेलुका ९ बजेर १७ मिनेट सम्म खेल हुन नसकेमा खेल रद्द हुनेछ ।

अंक तालिका : 

भारत सुपर-४ को अंक तालिकामा पहिलो स्थानमा छ । भारतको एक खेलमा दुई अंक छ । भारतको नेट रन रेट +४.५६० रहेको छ। श्रीलंकाको टोली दोस्रो स्थानमा छ । श्रीलंकाको दुई खेलमा २ अंक रहेको छ । श्रीलंकाको नेट रन रेट +०.२०० छ। पाकिस्तान तेस्रो स्थानमा छ । पाकिस्तानको दुई खेलमा एक अंक छ । नेट रन रेटमा पाकिस्तान श्रीलंकाभन्दा धेरै पछाडि छ । पाकिस्तानको नेट रन रेट -१.८९२ छ।

के छ पाकिस्तान र श्रीलंकाको समीकरण ? 

पाकिस्तान र श्रीलंकाबीचको खेल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ । यो खेल जित्ने टोलीले फाइनलमा पुग्ने छ र फाइनल पुगिसकेको भारतसँग उपाधीका लागि भिड्ने छ ।

श्रीलंका र पाकिस्तानको खेलमा छैन रिजर्भ डे

श्रीलंका र पाकिस्तानको खेलको लागि कुनै रिजर्भ डे राखिएको छैन। एसिया कपमा फाइनल र भारत–पाकिस्तान सुपर–४ खेलका लागि मात्रै रिजर्भ डे राखिएको थियो । रिजर्भ डेमा नै भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।

वर्षाका कारण खेल रद्द भयो भने के हुन्छ ? 

एसिया कपका केही खेल वर्षाले प्रभावित भइसकेका छन् । कोलम्बोमा बिहीबार पानी पर्ने सम्भावना रहेको छ । यदि खेल पूरा हुन नसके र रद्द गर्नुपर्‍यो भने श्रीलंकालाई फाइदा हुनेछ। दुवै टोलीको खातामा एक–एक अंक थपिने छ । यस्तो अवस्थामा दुवैको तीन खेलमा तीन–तीन अंक हुनेछ । राम्रो नेट रन रेटका आधारमा श्रीलंका फाइनलमा पुग्ने छ ।

पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा श्रीलंकासँगको खेलका लागि आफ्नो प्लेईङ-११ घोषणा गरेको छ । श्रीलंकाविरुद्धको खेलका लागि पाकिस्तानले प्लेइङ-११ मा पाँच परिवर्तन गरेको छ । पाकिस्तानले ओपनर फखार जमान, हरिस रउफ, नसिम शाह, फहिम अशरर्फ र अघा सलमानलाई बेन्चमा राखेको छ ।  मोहम्मद हरिस, साउद सकिल, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर र जमान खानलाई श्रीलंकाविरुद्ध प्लेइङ-११ मा मौका दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?