काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको ६२९ औं बैठकको निर्णयले आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत लाभांश (रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरिएको छ ।
बैठकले उक्त प्रस्तावित लाभांश मध्ये २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनी महानुभावहरूलाई वितरण गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया