काठमाडौं । नेपालआर्मीका कृष्ण बस्नेतले प्रधान सेनापति चौंथो खुल्ला म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् ।
उनले २ घण्टा २० मिनेट ५१ सेकेण्डमा निर्धारित दुरी पार गर्दै यस अघि आर्मीका घावक पूर्ण तामाङले बनाएको २ घन्टा २२ मिनेट १९ सेकेन्डको कीर्तिमानलाई तोड्दै आर्मी भित्र नयाँ रेकर्ड बनाएका हुन्।
कृण्णले उपाधिसँगै गोल्छा अर्गनाईजेसनबाट उपलब्धि गराएको पल्सर मोटर साईकल र नेपाल सेन्चुरी कमर्सियल बैंकबाट प्रायोजन गरेको १ लाख २५ हजार नगद पनि प्राप्त गरेका छन् । आर्मीको केन्द्रिय कार्यलयस्थित खेलमैदानबाट त्रिपुरेश्वर,माईतीघर,कोटेश्वर,सुर्यबिनायक, पेप्सिकोला,जडिबुटी,कोटेश्वर,गौशाला,चाबेल,महाराजगन्ज,बालुवाटर,नगपोखरी,दरवारमार्ग,भद्रकाली,शहिदगेट हुँदै खेलमैदानमा एक चक्कर लगाउदा निर्धारित दुरी ४२ दशमलब १९५ किलो मिटर दूरी पुरा हुने रुट निर्धारित गरिएको थियो ।
उक्त दूरी आर्मीका राजनखत्रीले २ घण्टा २८ मिनेटमा पुरा गर्दै दोश्रो स्थान हात पार्दा आर्मीकै नवराज साउदले तेश्रो हुन २ घण्टा २९ मिनेट ५९ सेकेन्ड समय खर्च गरेका थिए । दोश्रो भएका राजनले ६५ हजार र तेश्रो भएका नवराजले ३५ हजार नगद प्राप्त गरे ।
त्यसैगरि पुरुष हाफ म्याराथनको उपाधि आर्मीका कल्याण बाँनियाले जिते । कल्याणले १ घण्टा ६ मिनेट ३१ सेकेण्ड लगाएका थिए ।
आर्मीकै गजेन्द्र राईले १ घण्टा ६ मिनेट ३८ सेकेण्डतथा टिका कटुवालले १ घण्टा ७मिनेट२३ सेकेण्ड समय खर्चेर क्रमशः दोश्रो र तेश्रो भए । त्यसैगरि महिला २१ किमी हाफ म्याराथनको उपाधि आर्मी क्लबका विश्वरुपा बुढाले जितिन् । बुढाले १ घण्टा १७मिनेट २० सेकेन्टमा उक्त दूरी पार गदै उपाधि जितेकी हुन्।
एपीएफकी बिन्द्रा देशारले १ घण्टा २६ मिनेट १२ सेकेन्डको समय खर्चिदै दोश्रो स्थान हात पारिन् । आर्मीकी चन्द्रा रावलले तेश्रो स्थान हात पारिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया