काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ का टेबलटेनिस खेलाडी छनोट भएका छन् ।
समान ५–५ पुरुष÷महिला गरी १० खेलाडी छनोट भएको आयोजक प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
छनोटमा ललितपुरका खेलाडीको वर्चस्व रह्यो । १० मध्ये ललिपुरबाट मात्र ८ खेलाडी छनोटमा परे । काठमाडौं र भक्तपुरबाट १–१ खेलाडीले प्रदेश ५ मा हुने राष्ट्रिय खेलकुदमा स्थान पक्का गरे ।
पुरुषमा छनोट भएका पाँचै खेलाडी ललितपुरका छन् । संयोग कपाली, रितिज जोशी, कपुर शर्मा, विपुल महर्जन र एलेक्स महर्जन ललितपुरका हुन् । महिलामा सुस्मिता खड्का, निकिता कस्ती, मन्जु सुवाल, लस्ता महर्जन र अनुस्का प्रसाईं छानिए । सुस्मिता र मन्जु क्रमशः काठमाडौं र भक्तपुरका हुन् भने बाँकी ३ ललितपुरका हुन् ।
त्यस्तै प्रदेश २ बाट सहभागी हुने भारोत्तोलन खेलाडीको टुंगो लागेको छ । १० पुरुष र उत्तिनै महिला गरी २० खेलाडी छनोट भएको मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
पुरुषको ५५ केजीमा सप्तारीका रामकुमार यादव र ६१ केजीमा सप्तरीकै रमेश झा, ६७ केजीमा धनुषाका अशोककुमार यादव, ७३ केजीमा सप्तरीका मनोजकुमार यादव, ८१ केजीमा बाराका शजारुद्दिन आलम, ८९ केजीमा सप्तरीका रोशनकुमार साह, ९६ केजीमा धनुषाका उज्ज्वलकुमार मिश्र, १ सय २ केजीमा बाराका मोहम्मद आशिक हुसेन, १ सय ९ केजीमुनि सिरहाका प्रताप चौधरी तथा १सय ९ केजीमाथि बाराका आदर्शकुमार गुप्ता छनोट भए ।
महिलातर्फ सप्तरीबाट ४५ केजीमा काजल सदा, ४९ केजीमा पूजा मण्डल र आरतीकुमारी रजक, ५५ केजीमा सरिताकुमारी यादव र ५९ केजीमा सरस्वतीकुमारी चौधरी, पर्साबाट ५५ केजीमा रिया पोखरेल तथा सिरहाबाट ६४ केजीमा पुष्पा चौधरी र रिता चौधरी, ६९ केजीमा प्रमिला चौधरी तथा ८७ केजीमाथि मनिता चौधरी छानिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया