एजेन्सी । स्विस रोजर फेडेररले एक सयौं एटीपी टुर टेनिस च्यामिपयनको उपाधि जितेका छन् ।
शनिवार राति सम्पन्न भएको दुबई टेनिस च्याम्पियनसिपको उपाधि जित्दै उनले आफ्ना खेल जीवनमा सयौं उपाधि जित्न सफल भएका हुन् । ३७ वर्षिय फेडेररले फाइनल खेलमा ग्रिसका स्टेफानोस टिस्टीपासलाई दुई-शुन्यको सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् ।
उनले टिस्टीपासलाई ६-४ र ६-४ को सोझो सेटमा पराजित गरे । फेडेररले सन् २००१ को फेब्रअरी ४ तारिखमा पहिलो पटक एटीपी टेनिस च्याम्पियनसिपको उपाधि जितेका छन् ।
उपाधिपछि हर्षित मुद्रामा भने, ‘आज मेरो सपना पुरा भएको छ, यो सँगै विश्व वरियतामा पनि चौथो स्थानमा उक्लिएको छु ।’
दुबईमा भएको फाइनलमा ग्रिसका स्टेफानोस टिस्टीपासलाई ६-४ र ६-४ को सेटमा हराए । योसंगै ३७ बर्षिय फेडेररले आफ्नो उपाधिमा शतक बनाए ।
किर्तिमानी २० पटकका ग्रान्डस्लाम विजेता फेडेररले पहिलो उपाधि जितेको ६ हजार ६ सय दिनमा सयौं उपाधि जित्न सफल भए । फेडेररले पहिलोपटक सन् २००१ मा मिलानमा भएको एपीटी टुरको उपाधि जितेका थिए ।
फेडेरर अमेरिकाका पुर्व खेलाडी जिमी कोनोर्सपछि सयौं उपाधि जित्ने दोस्रो खेलाडी समेत बनेका छन् । कोनोर्सले १ सय ९ उपाधि जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया